नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ « Arthapath.com
१९ माघ २०७९, बिहीबार

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट प्रकाउ गरेको हो।

चौधरी गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । २०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो ।

उक्त फैसला कार्यान्वयन भएको थिएन । यो बीचमा उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।


प्रतिक्रिया दिनुहोस्