नेता धनश्याम भुसालको गाडी दुर्घटना « Arthapath.com
२० माघ २०७९, शुक्रबार

नेता धनश्याम भुसालको गाडी दुर्घटना



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन् । आफैले चलाएको बा १६ च १३८४ नम्बरको कार दुर्घटनामा परेको हो ।

नयाँ बानेश्वरमा गाडी अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोकिएको हो। आफ्नो पार्टी कार्यालय जाने बेला बानेश्वर चोकमा उनको कार दुर्घटना परेको हो । अहिले उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

उनको सवारीमा क्षति पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्