निर्वाचन आयुक्त थपलिया भने, “दल दर्ता खारेजको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन” « Arthapath.com
२० माघ २०७९, शुक्रबार

निर्वाचन आयुक्त थपलिया भने, “दल दर्ता खारेजको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन”



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै व्यक्तिले अर्को दल खारेजीको लागि निवेदन दिने व्यवस्था संविधानमा नभएको बताएका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको लागि आयोगमा परेको निवेदनबारे उनले यस्तो बताएका हुन् । रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘रास्वपाको दर्ता खारेजीको विषय छ । त्यसलाई हामीले कानूनबमोजिम टुंग्याउनुपर्दछ । राजनीतिक दलको दर्तासम्बन्धी ऐनको दफा १२ र १३ र नेपालको संविधानको धारा २७० तपाईंहरूले पनि हेर्नुस् । यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाऊँ भनेर निवेदन दिने अधिकार दिँदैन ।’


प्रतिक्रिया दिनुहोस्