उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनमा तरकारी सडकमा फालेर बिरोध « Arthapath.com
२० माघ २०७९, शुक्रबार

उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनमा तरकारी सडकमा फालेर बिरोध



काठमाडौं । चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै उनीहरुले तरकारी नै सडकमा फालेर बिरोध जनाएका हुन ।

उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेर आन्दोलन गरे ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नसरकारले कुनै कदम नचालेको उनीहरुको गुनासो रहेको छ ।


प्रतिक्रिया दिनुहोस्