५२ लाख नाघ्यो प्यान कार्ड लिनेको संख्या « Arthapath.com
२० माघ २०७९, शुक्रबार

५२ लाख नाघ्यो प्यान कार्ड लिनेको संख्या



काठमाडौं। प्यान नम्बर लिने संख्या ५२ लाख नाघेको छ । अर्थमन्त्रालयका अनुसार ५२ लाख ९ हजार ७ सय ५९ पुस मसान्त सम्ममा दर्ता भएको छ । सबैभन्दा धेरै व्यक्तिगत तर्फ ३३ लाख ४५ हजार ६ सय ४७ प्यान कार्ड दर्ता भएको छ ।

त्यस्तै, व्यावसायक प्यान कार्ड भने १८ लाख ४० हजार ४ सय ५० जनाले लिएका छन् । अग्रिम करकट्टी प्र्रयोजनको लागी २३ हजार ६ सय ६४ प्यान कार्ड पुगेको अर्थमन्त्रालयले जानाकारी दिएको छ । मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाता ३ लाख ३ हजार ८ सय ६७ पुगेको छ

शुल्कमा दर्ता हुने करदाता १ लाख १८ हजार ८ सय ९१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्