मकर जितुमाया सुरी हाईड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा « Arthapath.com
९ चैत्र २०७९, बिहीबार

मकर जितुमाया सुरी हाईड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा



काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले स्थानीय बासिन्दा तथा वैदेशिक राजगारीमा गएकालाई निष्कासन गरेको आईपीओ आज (चैत ९ गते) बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका र बिगु गाँउपालिकाका स्थायी बासिन्दाको लागि निष्कासन गरेको ७ लाख ६० हजार र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरिएको १ लाख ५२ हजार कित्ता सेयर बाँडफाँट गरेको हो ।

स्थानीयबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकामा स्थायी बसोबास गर्ने स्थानीयको हकमा १० कित्तादेखि ९ हजार ९९० कित्तासम्म माग गर्ने ३ हजार ५१४ आवेदकलार्ई मागबमोजिम कुल ६ लाख ७८ हजार ६०० कित्ता शेयर बाँडफाँट गरिएको हो ।

त्यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीको हकमा १० देखि २ हजार १० कित्तासम्म आवेदन दिने १५ हजार ४१ आवेदकलाई १० कित्ता र २० देखि २ हजार १० कित्तासम्म आवेदन दिने १२ हजार ११७ जनामध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १ लाख ५२ हजार कित्ता शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीको आइपीओ यसरी हेर्ने सकिनेछ ।

सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np 


प्रतिक्रिया दिनुहोस्