महिलाको नाममा घर भन्दा जग्गा धेरै « Arthapath.com
१० चैत्र २०७९, शुक्रबार

महिलाको नाममा घर भन्दा जग्गा धेरै



काठमाडौं । परिवारमा महिलाको नाममा घर भन्दा जग्गा बढी रहेको पाइएको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार महिलाको नाममा ९.७ प्रतिशत जग्गा रहेको छ ।

महिनाको नाममा घर भने २.३ प्रतिशत मात्र रहेको तथ्याङले देखिएको छ । ६६ लाख ६० हजार ८४१ महिला सख्या मध्य १ लाख ५६ हजार ३७६ जनाको नाममा घर र ६ लाख ४३ हजार ६७५ जनाको नाममा जग्गा रहेको छ ।

जनगणनाको नतिजा अनुसार जम्मा परिवारको ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको छ । समग्रमा २३.८ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको देखिन्छ ।

गत २०६८ सालको जनगणनामा देशका कुल परिवारको १०.७ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको थियो भने महिलाको नाममा जग्गा मात्र भएका परिवारहरु ९.० प्रतिशत रहेको थियो ।

प्रदेशगत रुपमा हेर्दा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेका परिवारको संख्या प्रदेश १ मा २८.५ प्रतिशत, गण्डकी प्रदेशमा २८.३ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ११.८ प्रतिशत रहेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्