नेपाल यूएईविरुद्ध पहिला फिल्डिङ गर्दै « Arthapath.com
१७ कार्तिक २०८०, शुक्रबार

नेपाल यूएईविरुद्ध पहिला फिल्डिङ गर्दै



काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएईबीच आज प्रतिस्पर्धा हुँदैछ । मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ ।

नेपालले सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा मैदान उत्रदैछ। यसअघि सन् २०२२ फेब्रुअरीमा यूएईकै घरेलु मैदानमा यूएईसँगै पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो।


प्रतिक्रिया दिनुहोस्