भूकम्पपीडितलाई एनआरएनए अष्ट्रेलियाको १० हजार डलर सहयोग, पुनःनिर्माणमा थप रकम सहयोग गर्ने « Arthapath.com
१९ कार्तिक २०८०, आईतवार

भूकम्पपीडितलाई एनआरएनए अष्ट्रेलियाको १० हजार डलर सहयोग, पुनःनिर्माणमा थप रकम सहयोग गर्ने



गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले भूकम्प पीडितहरूको उद्दार तथा राहतका लागि तत्काल १० हजार अष्ट्रेलियन डलर सहयोग गर्ने भएको छ । संघको विपत् उद्दार कोषबाट तत्काल उद्दार तथा राहतका लागि सो रकम छुट्याइएको अध्यक्ष अनिल पोख्रेलले बताए ।

साथै थप सहयोगको लागि गो फण्ड मार्फत रकम सङ्कलन भइरहेको अध्यक्ष पोख्रेलले जानकारी दिए । सहयोग गर्न चाहनेले गोफण्ड क्याम्पेनका साथै एनआरएनएको ुडिजास्टर रिलिफ अकाउण्टुमा पनि रकम जम्मा गर्न सक्नेछन् । यसरी सङ्कलन गरिएको रकम पछि भौतिक पुनःनिर्माणमा सहयोग गरिने अध्यक्ष पोख्रेल बताउँछन् ।

भूकम्प प्रभावित क्षेत्रमा उद्दार तथा राहतमा संघका तर्फबाट उपाध्यक्ष सञ्जय पुरीले सहजीकरण गरिरहेको जानकारी समेत अध्यक्ष पोखरेलले दिएका छन् । पुरी अहिले भूकम्प प्रभावित क्षेत्रमा नै रहेको र संघको राहत प्याकेजको व्यवस्थापन गरिरहेको उनले जानकारी दिए ।

अध्यक्ष पोखरेलले अहिलेको विपतको अवस्थामा तत्कालै आफूसँग भएका स्रोतसाधनको प्रयोग गरी उद्दार कार्यमा खटिन सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन् ।

शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६।४ म्याग्निच्युडको भूकम्पबाट पीडित भएकाहरूको अहिले उद्दार कार्य जारी छ । जसका लागि विभिन्न संघसंस्थाहरूले राहतका लागि आर्थिक सहयोग घोषणा गर्दै आएकोमा एनआरएनए अष्ट्र्रलियाले पनि आर्थिक सहयोगको घोषणा गरेको हो ।

साथै भूकम्पमा परी ज्यान गुमाउनेहरूमा दुःख व्यक्त गर्दै अध्यक्ष पोखरेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्