भाइटीकाको उत्तम साइत कति बेला ?
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो ।
यस वर्षको तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ । २५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजा र म्हः पूजा, २९ गते भाइटीका परेको छ ।