अब विकासको रफ्तारले गति लिन्छः अर्थमन्त्री डा. महत « Arthapath.com
२८ माघ २०८०, आईतवार

अब विकासको रफ्तारले गति लिन्छः अर्थमन्त्री डा. महत



नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब विकासले रफ्तार लिने बताएका छन् । शनिबार नुवाकोटको तारुका गाउँपालिकामा सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा विविध कारणले हाम्रो विकास जति हुनुपर्ने हो, त्यत्ति नभएको बताए । ल्होछारको शुभकामना दिँदै उनले भने, ‘अब विकासले रफ्तार लिन्छ । देशमा साधनश्रोत धेरै छैन, आम्दानी धेरै छैन । आवश्यकता हाम्रो धेरै छन् । यो आवश्यकता पूरा गर्न हामीलाई धेरै पैसा चाहिन्छ ।’

अर्थमन्त्रीले देशैभरि हेर्नुपर्ने भएकाले चाहेजस्तो गर्न कठिन भएको अनुभव सुनाए । ‘मैले बजेट प्रस्तुत गर्दा सकेसम्म सबैतिरको आवश्यकता पूरा गर्ने हिसाबले बजेट विनियोजन गरेको छु’, उनले भने ।

‘कसौडीमा पकाउनुपर्ने बाध्यता छ, तर खड्कुलोमा पकाएर बाँड्दा पनि नपुग्ने अवस्था छ’ मन्त्री डा. महतले भने, ‘एकैपटक पो नपुग्ने हो, तर हामी विस्तारै गर्छौं । यो गाउँपालिकामा दुईवटा कुरालाई महत्व दिइएको छ, एउटा रंगशाला निर्माण हो । पालिकाले केही काम गरेको छ । युवाहरुलाई खेलप्रति आकर्षित गर्न हामीले यस वर्ष खेलकुदमा धेरै बजेट विनियोजन गर्ने नीति बनाएका छौं ।’


प्रतिक्रिया दिनुहोस्