सीजीको फ्री एसी सर्भिस क्याम्प: ५० प्रतिशतसम्म छुट दिने « Arthapath.com
४ चैत्र २०८०, आईतवार

सीजीको फ्री एसी सर्भिस क्याम्प: ५० प्रतिशतसम्म छुट दिने



काठमाडौं । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको छ ।

कुनै मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्मको छुट, एक्सचेन्जमा ५० प्रतिशतसम्मको अतिरिक्त मूल्याङ्कन र नयाँ एसी खरिद गर्दा २० प्रतिशतसम्मको छुट दिने रहेको छ।

ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अबस्थाको एसी एक्सचेन्ज गर्न सक्नेछन् । अब ग्राहक महानुभावहरुले सी जी इलेक्सको वोब साइट मार्फत आफैले आप्mनो सामानको मुल्याङकन गर्न सकिने छ ।

सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्नेछन् र कर्मचारीहरुले नया एसीहरूको आदानप्रदान र खरिदमा सहयोग गर्नेछन्। यो अफरले ग्राहकहरूले गर्मीलाई स्वागत गर्न र गर्मीको झन्झट बाट मुक्त हुन सक्नेछन् । सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजाल मार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिंदै आएको छ ।

गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउंदै आएको छ । हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिदै आाएको छ साथै भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ ।

नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाबाट पनि लिन सकिन्छ । सीजी मेरिडिया इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरुको उत्कुष्ट घरेलु उपकरण हो, जुन सीजी ब्रान्डको प्रिमियम सिरिजको सेग्मेन्ट हो।

सीजी मेरिडियाले अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टता बढाएको छ । सीजी बाण्डमा उत्कुष्ट खोज्ने नेपाली उपभोक्ताहरुको लागि अन्य विश्व प्रख्यात बाण्डहरुको बराबरमा उपलब्ध गराएको छ ।


प्रतिक्रिया दिनुहोस्