साढे ६ हजार बढीले बुझाएनन् सम्पत्ति विवरण « Arthapath.com
१ जेष्ठ २०८१, मंगलवार

साढे ६ हजार बढीले बुझाएनन् सम्पत्ति विवरण



काठमाडौं । गत आर्थि वर्ष २०७९/८१ मा साढे ६ हजार बढीले सम्पत्ति विवरवण नबुझाएको पाइएको छ । राष्ट्रिय सतकर्ता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरेको गत आवको सम्पत्ति विवरण अनुगमन प्रतिवेदनले यस्तो देखाएको हो ।

गत वर्ष ६ हजार ७०५ जना सार्वजनिक पद धारण गरेका व्यक्ति आफ्नो सम्पत्ति विवरण नबुझाएका हुन् । गत आवमा कुल ९९.१० प्रतिशत अर्थात ७ लाख ३९ हजार ७५८ जनाले भने विवरण बुझाएको प्रतिवेदनले देखाउँछ । तर, नबुझाउने प्रतिशत भने ०.९० प्रतिशत रहेको छ। जुन सुखद मानिएको छ । अघिल्लो आवमा भने ९ हजार ५९० जनाले सम्पत्ति विवरण बुझाएका थिएनन् ।

सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ५०(१) बमोजिम सार्वजनिक पद धारण गरेको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र कानुन बमोजिम आफ्नो सम्पतिको स्रोत वा निस्सा सहितको अध्यावधिक विवरण पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

तोकिएको म्यादभित्र सम्पत्तिको विवरण पेस नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई सोही ऐनको दफा ५०(३) बमोजिम कारबाही गर्ने व्यवस्था पनि रहेको छ ।

गत वर्ष सम्पत्ति विवरण नबुझाउनेमा संघीय तहका सबैभन्दा धेरै ५ हजार १८५, प्रदेशका ६६५ र स्थानीय तहका ८५५ जना रहेका छन् । तर, यी तीनै तहका क्रमशः ४ लाख ६१ हजार १९६, १७ हजार ७४७ र २ लाख ६० हजार ८१५ जनाले भने सम्पत्ति विवरण बुझाएका छन् ।

केन्द्रका अनुसार विवरण नबुझाउने संघीय तहका निजामती कर्मचारीहरु बढी छन् । गत वर्ष ७५ हजार ७८९ जनाले बुझाएको देखिएता पनि ३ हजार ३८६ जना संघीय निजामति कर्मचारीले आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका ७९ जना बुझाएका छैन । यता, नेपाली सेनाले भने सबै बुझाएको छ ।
यस्तै, सम्पत्ति विवरण नबुझाउने विद्यालय शिक्षकको संखया ८३१ र अन्य राजनीतिक नियुक्ति तथा करार तर्फ पनि ८८९ जना छन् ।

प्रदेश तह अन्तर्गत भने बागमतीको धेरै देखिएको छ । बागमतीका २७६ जनाले सम्पत्ति विवरवण बुझाएका छैनन् । यस्तै, मधेशका १९९, कोशीका ४९, कर्णालीका ४८, गण्डकीका ४४, लुम्बिनीका २८, सुदुरपश्चितका २१ जनाले नबुझाएको देखिन्छ ।

गत आवमा सम्पत्ति विवरण निर्धारित समय भित्र बुझाउने र नबुझाउने संख्या, कहाँ कति ?

तहबुझाउनेको सङ्ख्यानबुझाउनेको सङ्ख्याकैफियत
संघीय तह   
1.1 निजामती757893386 
1.2 नेपाली सेना8685500 
1.3 नेपाल प्रहरी; सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग तर्फ11503779 
1.4 विद्यालय शिक्षक89602831 
1.5 अन्य (राजनीतिक नियुक्ति तथा करार तर्फ)93913८८9 
संघीय तह जम्मा4611965185 
प्रदेश तह   
2.1 कोशी248649 
2.2 मधेश प्रदेश2360199 
2.3 बाग्मती प्रदेश3953276 
2.4 गण्डकी प्रदेश141344 
2.5 लुम्बिनी प्रदेश334428 
2.6 कर्णाली प्रदेश189748 
2.7 सुदूरपश्चिम प्रदेश229421 
प्रदेश तह जम्मा17747665 
स्थानीय तह (क)   
3.1 स्थानीय तह (पालिका)   
3.1.1 कोशी प्रदेश4813471 
3.1.2 मधेश प्रदेश33900369 
3.1.3 बाग्मती प्रदेश5117026 
3.1.4 गण्डकी प्रदेश2850034 
3.1.5 लुम्बिनी प्रदेश4136663 
3.1.6 कर्णाली प्रदेश23251119 
3.1.7 सुदूरपश्चिम प्रदेश33302172 
स्थानीय तह (पालिका) जम्मा259423854 
3.2 स्थानीय तह (जि.स.स.)119201 
स्थानीय तह जम्मा260815855 
कूल जम्मा7397586705 
स्रोतः राष्ट्रिय सतकर्ता केन्द्र


प्रतिक्रिया दिनुहोस्