किङ्गलोङ्गको नयाँ सोरुम काठमाडौंको पानीपोखरीमा

काठमाडौं । ग्राहकहरुमाझ लोकप्रिय इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्गलोङ्ग १४, १६ र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि काठमाडौंको पानीपोखरीमा किङ्गलोङ्गको नयाँ सोरुमको एक कार्यक्रमबीच उद्घाटन गरेको छ। किङ्गलोङ्गका चेयरम्यान ल्यीउ झिजुनले नयाँ शोरुमको औपचारिक उद्घाटन गरेका हुन्।
किङ्गलोङ्गको पानीपोखरीस्थित नयाँ शोरुमबाट किङ्गलोङ्ग १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चारवटा भेरियन्टमा उपलब्ध छ। सबै भेरियन्टहरुमा उत्कृष्ट CATL Battery Technology को प्रयोग भएको छ जसले गर्दा एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ। किङ्गलोङ्ग इलेक्ट्रिक कमर्सियल भेहिकलहरु मा प्रयोग भएको मोटरले उत्कृष्ट ३१० एन.एम. को टर्क जेनेरेट गर्दछ ।

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ युनिटको ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा ए.बि.एस., इ.बि.डि., १८० एम.एम, ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, ए.सि. जस्ता विशेषताहरु पाउन सकिन्छ ।
उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्ने कम्पनीले जनाएको छ। किङ्गलोङ्ग १६ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५३.५८ युनिटको ब्याट्री प्रयोग गरिएको छ।
उक्त गाडीमा १५ इन्चको टाएर पाउन सकिन्छ भने यो गाडीमा पनि ए.बि.एस., सेन्ट्रल लकिङ्ग, ए.सि., रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर विथ बजर, ए.भि.ए.एस. जस्ता विशेषताहरू पाउन सकिन्छ। किङ्गलोङ्ग १९ सिटर इलेक्ट्रिक भ्यान लक्जरी सेग्मेन्ट अन्तर्गत पर्दछ र यसमा ७७.२८ युनिटको ब्याट्री समावेश गरिएको छ।

यस गाडीमा २२० एम.एम. को उत्कृष्ट ग्राउण्ड क्लेरेन्स पाउन सकिन्छ भने यसका साथै १६ इन्चको टाएर, ए.बि.एस., रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर, ए.भि.ए.एस., सेन्ट्रल लकिङ्ग, ए.सि., एल.इ.डि. डि.आर.एल. विथ प्रोजेक्टर हेड ल्याम्प जस्ता विशेषताहरू पाउन सकिन्छ। किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ब्याट्री र मोटरमा २,००,००० किलोमिटर वा ५ वर्षको वारेन्टी पाउन सकिन्छ भने १६ सिटर र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलहरुमा ४,००,००० किलोमिटर वा ७ वर्षको ब्याट्री वारेन्टि पाउन सकिन्छ।
ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ।