नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
३ जेष्ठ २०८१, बिहीबार

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण प्रयोजनका लागि जेठ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहने भएकोले आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन सक्नेछन् ।

कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले आगामी जेठ १७ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्