झिनो अंकले बढ्यो नेप्से : कारोबार सवा ४ अर्ब नाघ्यो, लघुवित्त समूहमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम बरोबर दिन बिहीबार सेयर बजार झिनो अंकले बढेको छ । विहीबार सेयर बजार मापक नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ बिन्दुमा रोकिएको छ।
आज लघुवित्त र अन्य समूह बाहेक बाहेक अन्य सबै सूचक राताम्य बनेका छन् । यस दिन लघुवित्ततर्फ लगानीकर्ता आकर्षित देखिएका छन् । सो समूहको सेयर मूल्य ३.८० प्रतिशतले बढेको छ ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । यस दिन ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर खरीदबिक्री हुँदा ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार ३ अर्ब ७० करोड ८४ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यो दिन १०३ कम्पनीको सेयरमूल्य बढ्दा १३९ कम्पनीको सेयरमूल्य घटेको छ ।
उक्त दिन सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक ४३ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
विहीबार हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, र शृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी ३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यता, मान्डु हाइड्रोपावर, पिपुल्स पावर, नेपाल फाइनान्स लगायत कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ ।