बैंकिङ्ग कसूर मुद्दामा दोषी भएर फरार रहेका बागलुङका पुन पक्राउ, ३२ लाख ८७ हजार जरिवाना
काठमाडौं । बैंकिङ्ग कसूरमा दोषी ठहर भएर फरार रहेका ४४ वर्षीय बेग बहादुर पुनलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङले पक्राउ गरेको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–३ घर भई हाल सोही नगरपालिका १ नम्बर वडामा बस्ने पुनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पोखराले गत वर्ष २०८० जेठ २४ गते बैंकिङ कसूर मुद्दामा ३२ लाख ८७ हजार रुपैयाँ जरिवाना सजाय तोकको थियो ।
त्यसपछि उनी फरार रहेका थिए । फरार भएको १ एक वर्षपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पुनलाई पक्राउ गरि लगत कट्टाका लागि शुक्रबार बागलुङ जिल्ला अदालतमा पठाइएको जनाएको छ ।