सेयर बजारमा सामान्य वृद्धि : परिसूचकसँगै बढ्यो कारोबार रकम « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सेयर बजारमा सामान्य वृद्धि : परिसूचकसँगै बढ्यो कारोबार रकम



काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० अंकमा उक्लिएको छ ।

यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । परिसूचक बढेको दिन मंगलबार ४ अर्ब ८ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सोमबार ३ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार अवधिभर ३१५ वटा धितोपत्रको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर किनबेच भएको छ । १२५ कम्पनीको मूल्य घट्दा ११४ को बढ्यो भने ८ को स्थिर रह्यो ।

कुल १३ उपसमूहमध्ये १० उपसमूहको सेयर मूल्य बढेको छ भने ३ उपसमूहको घटेको छ । बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूह भने बढेका छन् । जलविद्युत, म्यूचुल अफण्ड र अन्य समूहको सूचक घटेका हुन् ।

आज ग्लोबल आईएमई वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको ८.२, माहुली लघुवित्तको ७.८, हिमालयन लघुवित्तको ७.८ तथा माथिल्लो मैलुङखोलाको मूल्य ७ प्रतिशत बढेको छ ।

बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ५.५१ प्रतिशतले घट्यो । इस्टर्न हाइड्रोपावरको ४.६८, गणपति लघुवित्तको ४.५, अपर लोहोरेखोलाको ३.८ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड अजोड इन्स्योरेन्स र ग्लोबल आईएमई लघुवित्त क्रमश अगाडि रहे ।


प्रतिक्रिया दिनुहोस्