तल्लो पिलुवा खोला आयोजनाबाट विद्युत् उत्पादन पुन: शुरु « Arthapath.com
२४ जेष्ठ २०८१, बिहीबार

तल्लो पिलुवा खोला आयोजनाबाट विद्युत् उत्पादन पुन: शुरु



काठमाडौं । शुभम पावर लिमिटेडले निर्माण एवम् सञ्चालन गरेको ९९० किलोवाट क्षमताको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।

गत असार २ गते बाढीका कारण आयोजनाको विभिन्न संरचना क्षति भएपछि विद्युत् उत्पादन बन्द भएको थियो ।

मर्मत सम्भारपछि गत मंगलवारबाट आयोजना पूर्णरूपमा सञ्चालनमा आई विद्युत् उत्पादन पुनः शुरु भएको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्