दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार झिनो अंकले बढेको बजार आज फेरि ओरालो लागेको हो । विहीबार नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ बिन्दुमा झरेको छ ।
बिहीबार ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँमा किनबेच भएको छ । बुधबारको तुलनामा कारोबार रकम भने थोरै बढेको छ ।
बुधबार ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा फाइनान्स र म्युचुअल फण्ड बाहेक अरू सबै समूहको उपसूचक घटेको छ ।
यस दिन कालिका लघुवित्त, बाराही हाइड्रोपावर, गुडवील फाइनान्स, ग्रीन भेन्चर्स लगायत ५२ कम्पनीको सेयर मूल्य बढेको छ ।
यता, कुथेली बुखरी हाइड्रोपावर, भगवती हाइड्रोपावर, ग्लोबल आईएमई लघुवित्त, स्वाभिमान लघुवित्तसहित १८६ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालको १७ करोड १४ लाख ८४ हजाररुपैयाँ बराबरको कारोबार भएको छ ।