३० हजार मेट्रिकटन मल खरिदका लागि ठेक्का आह्वान

काठमाडौं । ३० हजार मेट्रिकटन युरीया मल खरिदका लागि ठेक्का आह्वान भएको छ।
कृषि सामग्री लिमिटेडले मंगलबार ३० हजार मेट्रिकटन मल खरिदका लागि ‘ई बिडिङ’मार्फत ठेक्का आह्वान गरेको हो ।
गहुँ लगायत हिउँदे बालीका लागि उक्त मल खरिद गर्न लागिएको कम्पनीले जनाएको छ ।
इच्छुक कम्पनी/व्यक्तिले अगष्ट ६ (साउन २२ गते)सम्म कृषि सामग्री कम्पनीमा बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीसँग हाल ४३ हजार ५०८ मेट्रिकटन मल मौज्दात रहेको छ ।