सौर्य एयरमा थिए १८ जना नेपालीसहित एक यमन नागरिक « Arthapath.com
९ श्रावण २०८१, बुधबार

सौर्य एयरमा थिए १८ जना नेपालीसहित एक यमन नागरिक



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरको जहाजमा १८ नेपालीसहित एक विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान ११:११ बजे काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एयरलाइन्सको सीआरजे सेभेन (९एनएएमई) जहाज उड्ने बित्तिकै दाहिने तिर मोडिएर रनवेको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको थियो । विमानमा १९ यात्रु सवार थिए ।

विमानमा पाइलट मनिष रत्न शाक्य र को-पाइलट एस कटवाल रहेका थिए ।

त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का यमन नागरिक आरेफ रेडा सवार रहेका थिए ।

विमानमा सवार पाइलट मनिष रत्न शाक्यबाहेक अन्य १८ यात्रुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । पाइलट शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सख्त घाइते ३ जना लाई उद्धार गरी त्रि.वि. शिक्षण अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । विमानमा स्वर सबै सौर्य एयरलाइन्सका कर्मचारी थिए ।


प्रतिक्रिया दिनुहोस्