सूर्योदय वोमी लघुवित्त एफपीओ बाँडफाँट, ९ जनाले हात पारे ११ कित्ता सेयर

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ८ बजे एफपीओ बाँडफाँट गरिएको हो।
संस्थाको एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदकबाट २ करोड २१ लाख २७ हजार ८८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । जसमध्ये १५ लाख ६३ हजार ३२२ कित्ता सदर हुँदा विभिन्न कारणले १ हजार १०१ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।
यसरी कुल सदर १५ लाख ६३ हजार ३२२ आवेदकबाट २ करोड २१ लाख ८ हजार ७१० कित्ता सेयरका लागि खरिद आवेदन परेको थियो । कुल आवेदकमध्ये ४ हजार ६७२ जनालाई १० कित्ताका दरले ४६ हजार ७२० कित्ता सेयर बाँडफाँट गरिएको छ । बाँकी रहेको ९.५४५ कित्ता सेयर ९ जनालाई थप १–१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।
लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्काशन गरेको थियो।