६ महिनादेखि आईपीओ तथा हकप्रद सेयर रोकेर जलविद्युत कम्पनीलाई आर्थिक रुपले धरासयी खोजियो : इप्पान « Arthapath.com
१७ श्रावण २०८१, बिहीबार

६ महिनादेखि आईपीओ तथा हकप्रद सेयर रोकेर जलविद्युत कम्पनीलाई आर्थिक रुपले धरासयी खोजियो : इप्पान



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले रोकिएका धितोपत्र निष्काशनका कार्यहरु तुरुन्त सुरु गर्न/गराउन माग गरेको छ । धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिमा ढिलाइ भएका कारण ३२ भन्दा धेरै जलविद्युत कम्पनीको करिब १६ अर्ब रुपैयाँ बराबरको आइपीओ तथा हकप्रद सेयर बिगत ६ महिनादेखि रोकेर जलविद्युत कम्पनीहरुलाई आर्थिक रुपले समेत धरासयी बनाउने प्रयास भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

समग्र हितभन्दा कुनै व्यापारिक फाइदाका लागि कुनै समूहबाट आफ्नो स्वार्थ पूर्तिका लागि अध्यक्ष नियुक्ति प्रक्रियालाई रोकेर सम्पूणर् जलविद्युत क्षेत्रलाई नै बन्धक बनाएको आरोप समेत इप्पानको छ ।

विगत केही दिनदेखि जलविद्युत आयोजनाका संस्थापक सेयर लकइन बेचबिखनसँग सम्बन्धित भ्रामक समाचारप्रति इप्पानले ध्यानाकर्षण जनाएको छ ।’विगत केही दिनदेखि जलविद्युत आयोजनाका संस्थापक तथा सञ्चालकहरुले धारण गरेको प्रवद्र्धक/संस्थापक शेयर लकइन बेचबिखनसँग नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालद्वारा गठित अध्ययन समिति र सो समितिले दिएको प्रतिवेदन तथा केही धितोपत्र बोर्डका कर्मचारीको समेत हवला दिँदै विभिन्न किसिमका भ्रम फैलाउने गरी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को गम्भीर ध्यानाकर्षण भएको छ’ इप्पान अध्यक्ष गणेश कार्कीद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ ।

इप्पान सम्बद्ध जलविद्युत उद्यमीहरुले ठूलो जोखिम बहन गरेर राष्ट्रिय उत्पादनमा १८२ आयोजना निर्माण सम्पन्न गरी कम्तिमा २५ सय मेगावाट अर्थात ७० प्रतिशत विद्युत उत्पादन गर्नुको साथै, करीब १३ खर्ब रुपैयाँ लगानी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै ३९ सय मेगावाट बराबरका १३७ आयोजना निर्माणाधीन र ३९ सय मेगावाट बराबरका १३६ आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएर वित्तिय व्यवस्थापनको पर्खाइमा रहेको इप्पानले जनाएको छ । इप्पानका अनुसार सर्वेक्षण सम्पन्न गरेर निर्माणका लागि विद्युत विकास विभागमा आवेदन दिएका १० हजार ७ सय र निर्माण अनुमति लिएर पीपीएका लागि प्राधिकरणमा आवेदन दिएका १० हजार मेगावाटका आयोजनामध्ये पनि ८० प्रतिशत निजी क्षेत्रको अगुवाईमा अघि बढेका छन् ।

यसरी निजी क्षेत्रले नेपालको ऊर्जा विकासमा आक्रमक ढंगले अघि बढीरहेको बेला सञ्चारमाध्ययमा आएका भ्रमपूर्ण समाचारहरुप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्