मोलुङ हाइड्रोपावरको अध्यक्षमा महर्जन, ६ जना सञ्चालक निर्वाचित « Arthapath.com
२० आश्विन २०८१, आईतवार

मोलुङ हाइड्रोपावरको अध्यक्षमा महर्जन, ६ जना सञ्चालक निर्वाचित



काठमाडौं। मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा नबिन महर्जन चयन भएका छन् । कम्पनीको चौधौं र पन्ध्रौं वार्षिक साधारणसभाले महर्जनलाई अध्यक्ष चयन गरेको हो ।

असोज १८ गते नै सम्पन्न कम्पनीको १४ औं र १५ औं वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् । जसमा संस्थापक समुह (क) बाट ४ जना र सर्वसाधारण समुह (ख)बाट १ जना महिलासहित २ जना सञ्चालक निर्वाचित भएका छन् ।

संस्थापक समुहबाट निर्वाचित हुनेमा नविन महर्जन, कविन महर्जन, विजय प्रकाश महर्जन, रविन्द्र महर्जन र सर्वसाधारण समुह रामेश्वर महर्जन र हिरा लक्ष्मी महर्जन निर्विरोध निर्वाचित भएका छन् ।

यस निर्वाचन र नयाँ नेतृत्वको चयनसँगै कम्पनीले आगामी दिनमा आफ्नो रणनीतिक योजना र विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्