भक्तपुरमा २७ वर्षपछि हुन लागेको विशाल महोत्सवको तयारी तीव्र « Arthapath.com
१९ मंसिर २०८१, बुधबार

भक्तपुरमा २७ वर्षपछि हुन लागेको विशाल महोत्सवको तयारी तीव्र



काठमाडौँ । यही मंसिर २८ देखि पुस २ सम्म हुने पाँंचदिने भक्तपुर महोत्सव २०८१ को क्रममा भक्तपुरको महेश्वरी खेल मैदानमा व्यापार मेला हुने भएको छ । मेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमा मेला आयोजक भक्तपुर युवा टीम गोल्मढी भक्तपुरका अध्यक्ष केशव त्वानाबासूले ३२ वटा स्थानमा विभिन्न प्रर्दशनी हुने जानकारी दिए ।

आयोजक समितिका सचिव रामेश्वर मचामसीले व्यापार मेलामा झण्डै एक सय स्टलहरु रहने बताए । तीमध्ये ८० स्टलहरु अगाडि नै बुकिङ भइसकेको जानकारी गराए । स्टलको साइजअनुसार न्यून शुल्क लिएर व्यापारीहरुलाई स्टल उपलब्ध गराइने जानकारी उनले गराए ।

व्यापार मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विविभन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टलहरु हुने छन् ।

त्यसैगरी महोत्सवमा विक्री हुने सामानहरु विशेष छुटमा हुने बताइएको छ। मनोरञ्जनका लागि महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, मिकी माउस, ट्रेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय, अन्तराष्ट्रिय, स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिनदिनै रहने बताइएको छ ।

वि.सं. २०५४ सालपछि भक्तपुरले व्यापाक रुपमा दोश्रो पटक भक्तपुर महोत्सव गर्न लागेको हो । महोत्सव अन्तर्गत भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै वडावडा टोलटोलहरु महोत्सवमय हुने जनाइएको छ । यसका लागि नगरका ३२ ठाउँहरुमा मुख्यमुख्य प्रदर्शनीहरु रहने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्