अवैध लागूऔषध सहित एकै रातमा ७ जना पक्राउ « Arthapath.com
२४ पुष २०८१, बुधबार

अवैध लागूऔषध सहित एकै रातमा ७ जना पक्राउ



काठमाडौँ । तराईका तीन जिल्लाबाट अवैध लागूऔषध सहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । उनीहरु गए राति प्रहरी नियन्त्रणमा आएका हुन् ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित पाँचथर मिक्लाजुङ गाउँपालिका–४ रवि बस्ने ३१ वर्षीय दिल प्रसाद राई र २९ वर्षीया स्मारिका नेम्बाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट सिटि सफारीमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता, पर्साको वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जबाट ५० किलोग्राम गाँजासहित बहुदरमाई नगरपालिका–१ विश्रामपुर बस्ने ४० वर्षीय पारस यादव समेत
४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको छ ।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१ बसन्तटोलबाट पनि एक जना पक्राउ परेका छन् । ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित ३१ वर्षीय गोरे सुनारलाई मंगलबार राति पक्राउ गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्