नजिकियो बागलुङ समाज जापानको पाँचौं अधिवेशन

काठमाडौं । बागलुङ समाज जापानको अधिवेशन मिति सरेको छ । सामाजको पाँचौं अधिवेशन यही जनवरी १९ तारिखमा हुने भनिएको थियो ।
तर, प्राविधिक कारणले फेब्रुअरी १६ तारिखमा हुने भएको हो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । विभिन्न प्राविधिक समस्याका कारण अधिवेशनको मिति सारिएको समाजका प्रवक्ता रामू खत्रीले जानकारी दिए ।
‘हामीले जनवरी १९ तारिखलाई अधिवेशन तोकेका थिए । यो बीचमा केही प्राविधिक कुरा नमिल्दा केही पछि सारेका छौं । समाजको बैठकले नै आगामी फेब्रुअरी १६ मा अधिवेशन गर्ने निर्णय गरेको छ’, उनले भने ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै समाजका भावी योजनाहरु पनि तय गर्ने खत्रीले बताए । उनका अनुसार अहिले अधिवेशनको तयारी पनि व्यापाक रुपमा अघि बढेको छ ।
बागलुङबाट जापानाका विभिन्न शहरहरुमा बागलुङ बासीहरुको ठुलो संख्या छ । विदेशी भूमिमा रहेर पनि गृह जिल्ला र समग्र नेपालको विकासका लागि समाजले विभिन्न सहकार्य गर्दै आएको छ ।
जापानमा रहेका बागलुङेसहित नेपाली समुदायलाई आवश्यक सहयोग र समग्र बागलुङको विकासमा टेवा पुर्याउने उद्देश्यसहित समाजको स्थापना भएको हो । समाजले बागलुङको धार्मिक, सामाजिक, शैक्षिक र सांस्कृति क्षेत्रको उत्थान लगायतमा विभिन्न कार्यक्रमहरु पनि गर्दै आएका छन् ।