कामना सेवा विकास बैंकको ३३ हजार कित्ता बढी सेयर बिक्रीमा « Arthapath.com
४ माघ २०८१, शुक्रबार

कामना सेवा विकास बैंकको ३३ हजार कित्ता बढी सेयर बिक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंकले ३३ हजारभन्दा बढी कित्ता संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३३ हजार ८५२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाडौंको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा के–कति सेयर खरिद गर्न चाहेको हो सो को व्यहोरा खुलाउनु पर्नेछ ।

बैंकले यसअघि गत मंसिर २६ गते संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै यो सेयर बिक्रीमा राखेको थियो । तर उक्त समयभित्र कुनै आवेदन नपरेकाले आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकल जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्