गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँट, कतिले हात पारे सेयर ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ आज निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौंमा बाँडफाँट भएको हो।
कम्पनीको आईपीओमा १२.५८ गुणा बढी अर्थात् कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
मागभन्दा बढी आवेदन परेका कारण धितापत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको सेयर बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री गरेको थियो।