बीमा नियमावली स्वीकृत गर्नेदेखि विद्युत् आयोजना अघि बढाउनेसम्म, मन्त्री परिषदका निर्णय के के ? « Arthapath.com
३० माघ २०८१, बुधबार

बीमा नियमावली स्वीकृत गर्नेदेखि विद्युत् आयोजना अघि बढाउनेसम्म, मन्त्री परिषदका निर्णय के के ?



काठमाडौँ । सरकारले बीमा नियमावली २०८१ स्वीकृत गरेको छ । गत सोमबार बसेको मन्त्री परिषदको बैठकले नियमावली स्वीकृत गरेको हो ।

त्यस्तै, ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय व्यवस्थाको काम अघि बढाउन पनि सैद्धान्तिक स्वीकृति दिएको छ । यसका निम्ति पूर्वतयारीको काम अघि बढाउन मन्त्री परिषदले स्वीकृति दिएको हो ।

सरकारले सजायँ माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधी २०७१ खारेज गरेको छ ।

त्यस्तै एसियाली विकास बैंकको एसिया प्यासिफिक डिजास्टर रेस्पोस्स फण्ड अर्थात् प्रकोप प्रतिकार्य कोषबाट २० लाख अमेरिकी डलर (करीब २७ करोड ७३ लाख रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ ।

यस्ता छन् निर्णय :


प्रतिक्रिया दिनुहोस्