इप्पानका प्रतिनिधिले भेटे प्रचण्ड, ऊर्जा क्षेत्रका समस्याबारे ध्यानाकर्षण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । इप्पानका अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारी शुक्रवार प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
उनीहरूले विद्युत ऐन २०४९ मा ५० वर्ष दिइएको जलविद्युत आयोजनाको अनुमतिपत्रको अवधि प्रस्तावित विद्युत विधेयकमा ३५ वर्ष मात्र राखिएकोले यसलाई सच्याउन प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
लेखा समितिले अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदा ७४ वटा कम्पनीको सार्वजनिक निष्काशन रोकिएको विषयमा समेत उनीहरुले ध्यानाकर्षण गराए
कार्यपालिकाको अधिकारक्षेत्रमाथि अदालतबाट हस्तक्षेप भएको इप्पानप्रति समेत इप्पानले खेद प्रकट गरेको छ । संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणमा रोक लगाउने गरी आएको सर्वोच्चको आदेशले नेपालमा विकास निर्माणका सबै काम ठप्प हुने अध्यक्ष कार्कीले बताए ।
उनले लेखा समिति र अर्थ समितिको विवादले १८ महिनादेखि ४३ जलविद्युत आयोजनाको सार्वजनिक निष्काशनको अनुमति रोकिएकोव आइपीओको बताए ।
प्रचण्डले नेपालको विद्युत उत्पादनमा दुई तिहाई हिस्सा ओगटेको निजी क्षेत्रको प्रतिनिधिमुलक संस्थाका सवालहरु समाधानका लागि आफूले पहल गर्ने विश्वास दिलाए ।