प्रधानाध्यापक संघ नेपाल गलकोटको अध्यक्षमा नविन भावुक, यस्तो बन्यो १७ सदस्यीय कार्यसमिति

बागलुङ । प्रधानाध्यापकहरूको छाता संगठन प्रधानाध्यापक संघ नेपाल गलकोट शाखाको अध्यक्ष नर बहादुर सुनार (नविन भावुक) चयन भएका छन् ।
आइतबार सुनारको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष पुर्ण चोखाल रहेका छन् । यस्तै, सचिव बुद्धि प्रसाद गौतम, सहायक सचिव निर्मला सुवेदी, कोषाध्यक्ष श्रीजना घर्ती रहेका छन् ।
यस्तै, समिति सदस्यहरूमा प्रेम सागर सापकोटा, भगवान बोहोरा, अनिल गौतम, विष्णु प्रसाद गैरे, नविन सुवेदी, धन कुमारी भण्डारी, शोभा गौतम, निम्मा श्रीस, दुर्गा कुमारी घर्ती, सुशिला खत्री, चन्द्र कुमारी श्रीस, नरेन्द्र पुन रहेका छन् ।
प्रधानाध्यापक संघ नेपालले गैर राजनीतिक, गैर नाफामुलक, गैर युनियन तथा पेशागत संस्था हो । नेपालका सामुदायिक विद्यालयहरूको शैक्षिक उन्नयनमा विविध कार्यहरू गर्दै आएको छ ।
यस्तै, शिक्षा सम्बन्धि तालिम, गोष्ठि, सम्मेलन आयोजना गर्ने, गुणस्तरीय शिक्षाको विकासमा शिक्षण, प्रशिक्षण, अनुसन्धान तथा प्रकाशनको महत्व र आवश्यकतालाई महशुस गरि गुणस्तरीय शिक्षाका लागि टेवा पुर्याउन सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई उत्प्रेरित गर्दै राष्ट्रीय तथा अन्तराष्ट्रिय शैक्षिक संघ संस्थाहरूसँग सहकार्य गर्ने, शैक्षिक अभ्यासहरूको आदान–प्रदान गर्ने, शिक्षक तथा कर्मचारीहरूको हितमा विभिन्न कार्यहरू गरी सामुदायिक विद्यालयहरूको शैक्षिक उन्नयनमा कटिवद्ध हुदै शिक्षाका राष्ट्रिय र अन्तराष्ट्रिय उद्धेश्यहरू हासिल गर्ने हेतुले प्रधानाध्यापक संघ नेपालको विधिवत स्थापना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले प्रधानाध्यापक संघ नेपाल गलकोट नगर कार्य समिति गलकोटको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि एउटा मजवुत संस्था हुन सक्ने विश्वास व्यक्त गरे ।
खासगरि प्रधानाध्यापकहरूको क्षमता अभिवृद्धि हुनु भनेको गलकोट नगरपालिकाको शैक्षिक क्षेत्र थप बलियो हुने भएकाले कटिवद्ध भएर शैक्षिक उन्नयनमा लाग्नका लागि प्रधानाध्यापकहरूलाई अनुरोध गरेका छन् । उनले गलकोटको शैक्षिक विकासका निम्ति कानुनसम्मत् रूपमा प्रधानाध्यापक संघ नेपाल गलकोट कार्य समितिसँग सहकार्य गर्न सकिने बताए ।
कार्यक्रममा प्रधानाध्यापक संघ नेपालका जिल्ला अध्यक्ष हरि चालिसे एबिसीले संस्थाको उद्देश्य तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।