सीआईटीका सहभागीलाई गंगालालमा विशेष छुट « Arthapath.com
१८ फाल्गुन २०८१, आईतवार

सीआईटीका सहभागीलाई गंगालालमा विशेष छुट



काठमाडौं । नागरिक लगानी कोषका सहभागी (बचतकर्ता), सेयरधनी र कर्मचारीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विशेष छुट उपलब्ध हुने भएको छ ।

अस्पतालको पेइङ क्लिनिकका साथै शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको हो ।

सो छुट सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउने भएका हुन् ।

यस छुटको सुविधा लिनका निम्ति कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्