हुवावे डिजिटल पावर नेपाल र सिएनआईको सौर्य पीभी र ऊर्जा स्टोरेजमा दिगोपन संवाद « Arthapath.com
२७ फाल्गुन २०८१, मंगलवार

हुवावे डिजिटल पावर नेपाल र सिएनआईको सौर्य पीभी र ऊर्जा स्टोरेजमा दिगोपन संवाद



काठमाडौं । हुवावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा स्टोरेज संवादको आयोजना गरेको छ ।

काठमाडौंको हात्तीसारस्थित हुवावे प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रमले नेपालको ऊर्जा, व्यावसायिक र औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रभावशाली सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको छ ।

नेपाल उद्योग परिसंघ (सिएनआई) सँगको संयुक्त सहकार्यमा आयोजित कार्यक्रमले नेपालको ऊर्जा परिदृश्यलाई रूपान्तरण गर्न, देशलाई ग्रिनर र दिगो भविष्यतर्फ डोरÞ्याउन सौर्य फोटोभोल्टिक प्रणाली र ऊर्जा स्टोरेज समाधानहरूको सम्भावना अन्वेषण गर्न विशेष प्लेटफर्म प्रदान गरेको छ ।

कार्यक्रममा हुवावेले आफ्नो नवीनतम आविष्कारहरू, हुवावे फ्युजन सोलार सी एन्ड आई ओएसिस सोलुसन, जसमा १ सी÷१५० के र २१५-१०८ केडब्लुएच सी एण्ड आई ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बिइएसएस) पनि अनावरण गरिएको थियो ।

आधिकारिक सुरुवात हुवावे नेपालका सीईओ जिम हुआङ, हुवावे नेपालका प्रमुख प्राविधिक अधिकृत लिक्सियाओवेई र हुवावे दक्षिण एसिया डिजिटल पावर बिजनेस डिपार्टमेन्टका प्रबन्ध निर्देशक निक्सियाओपेङको नेतृत्वमा भएको थियो । यी उन्नत समाधानहरू नेपाली उद्योगहरूलाई ऊर्जा लागत घटाउन र उनीहरूको बिजुली आपूर्तिको विश्वसनीयता सुधार गर्न मद्दत गर्न डिजाइन गरिएको हो ।

यसका अतिरिक्त फ्युजनसोलार सी एन्ड आई ओएसिस स्मार्ट पीभी र ईएसएस सोलुसन प्रस्तुत गरिएको थियो, जसले शपिङ मल, कारखाना र कार्यालय पार्क जस्ता व्यावसायिक र औद्योगिक एप्लिकेसनहरूको लागि बढेको सुरक्षा सुविधाहरू प्रदान गर्दछ । यी आविष्कारहरू कार्बन उत्सर्जन घटाउन र कम–कार्बन, सर्कुलर अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने विश्वव्यापी प्रयासहरूलाई सहयोग गर्ने गरि गरिएको छ ।

कार्यक्रममा नेपाली उद्योग परिसंघका ऊर्जा विकास परिषद्का अध्यक्ष आशिष गर्गले नेपालको औद्योगिक क्षेत्रमा दिगो ऊर्जा संक्रमणको आवश्यकतामाथि प्रकाश गरेका थिए । उनले भने, ‘नेपालको औद्योगिक क्षेत्रको भविष्य कुशल मात्र नभई दिगो हुने ऊर्जा समाधानहरू अपनाउने कुरामा निर्भर गर्दछ। सौर्य ऊर्जा ऊर्जा स्टोरेज समाधानहरू र हरित उत्पादनहरू उत्पादन गर्न नेपाली उद्योगहरूको डिकार्बोनाइजेशन यस रूपान्तरणको प्रमुख हुनेछ, जसले नेपालको स्वच्छ ऊर्जा लक्ष्यहरूमा योगदान पु¥याउँदै उद्योगहरू फस्टाउन सक्छन् भन्ने कुरा सुनिश्चित गर्नेछ ।’

उनले नेपाली उद्योगहरूलाई डिकार्बोनाइज गर्नु केवल वातावरणीय जिम्मेवारी मात्र होइन तर दीर्घकालीन विश्वव्यापी प्रतिस्पर्धात्मकता र दिगोपन सुनिश्चित गर्नको लागि एक महत्वपूर्ण रणनीति भएकोमा जोड दिए । साथै दिगो अभ्यासहरूलाई एकीकृत गरेर नेपाली उद्योगहरूले नयाँ विकास अवसरहरू अनलक गर्न, विश्वव्यापी लगानी आकर्षित गर्न र विकसित हुँदै गइरहेको हरित अर्थतन्त्रमा नेतृत्वदायी स्थान सुरक्षित गर्न सक्ने उनले बताए ।

’हुवावेमा हामी नवीन डिजिटल पावर समाधानहरू मार्फत नेपालभरका उद्योगहरूलाई उनीहरूको ऊर्जा लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्न प्रतिबद्ध छौं । सौर्य ऊर्जा र ऊर्जा स्टोरेजको एकीकरणले नेपाली व्यवसायहरूको लागि अझ लचिलो र लागत–कुशल भविष्यको लागि मार्ग प्रशस्त गर्नेछ । हामी हाम्रा नयाँ प्रविधिहरू प्रदर्शन गर्न र यस रूपान्तरणमा उद्योगका नेताहरूसँग सहकार्य गर्न उत्साहित छौं,’ हुवावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङले भने ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र राज पाण्डेले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा एउटा महत्त्वपूर्ण कदम चालेको बताए । उनले भने,हामी स्वच्छ, भरपर्दो ऊर्जाद्वारा संचालित भविष्यतर्फ हेर्दै गर्दा, आज प्रस्तुत गरिएका समाधानहरूले हामीलाई परम्परागत ऊर्जा स्रोतहरूमा हाम्रो निर्भरता कम गर्न र अझ दिगो र ऊर्जा–कुशल भविष्यतर्फ अघि बढ्न मद्दत गर्नेछ भन्ने कुरामा म विश्वस्त छु । यो रूपान्तरणलाई अगाडि बढाउन हुवावे र स्थानीय उद्योग सरोकारवालाहरू बीचको सहकार्य आवश्यक छ ।’


प्रतिक्रिया दिनुहोस्