नेपाल लाइफ इन्स्योरेन्समा सर्वसाधारण समुहबाट तीन सञ्चालक निर्वाचित « Arthapath.com
३ चैत्र २०८१, आईतवार

नेपाल लाइफ इन्स्योरेन्समा सर्वसाधारण समुहबाट तीन सञ्चालक निर्वाचित



काठमाडाैं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरु तर्फबाट ३ जना संचालक निर्वाचित भएका छन् । कम्पनीको २५ औैं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम चैत्र २ गते शनिबार विरगञ्जमा सम्पन्न भएको हो ।

उक्त सम्पन्न सभाबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका हुन् ।

साथै, निर्वाचन सम्पन्न भए पश्चात् शनिबार बसेको कम्पनी संचालक समितिको ३९३ औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्