३१औं आईजीपी बने थापा

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापा नेपाल प्रहरीको ३१औं प्रमुख अर्थात् प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । आइजीपी बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।