२५ करोडभन्दा बढी अवैध रकमसहित समातिए सुन तस्करीमा ५ वर्ष जेल भुक्तान गरेका कुसाङ « Arthapath.com
५ चैत्र २०८१, मंगलवार

२५ करोडभन्दा बढी अवैध रकमसहित समातिए सुन तस्करीमा ५ वर्ष जेल भुक्तान गरेका कुसाङ



काठमाडौं । प्रहरीले २५ करोडभन्दा बढी रकमसहित पक्राउ परेका कुसाङ लामालाई सार्वजनिक गरेको छ । काठमाडौंबाट तस्करी गरेर चीनतर्फ लैजाँदै गरेको नेपाली रुपैयाँ २५ करोडभन्दा बढी रकमसहित उनलाई सार्वजनिक गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरे नेतृत्वको प्रहरी टोलीले ट्रक (कन्टेनर)मा लुकाइएको उक्त रुपैयाँ बराबरको रकमसहित लामालाई सोमबार राति ११ बजे टोखाको झोरबाट नियन्त्रणमा लिएको थियो ।

विभिन्न व्यक्तिहरुले ठुलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरु राजच छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उक्त कन्टेनरलाई पछ्याएको थियो ।

कन्टेनर झोरमा पुगेपछि प्रहरीले चालकलाई रोकेर सामान्य खानतलासी गर्दा प्रहरीलाई थप शङ्का लागेपछि चालकसहित कन्टेनरलाई कार्यालयमै ल्याएको थियो । त्यसपछि कन्टेनरको थप खानतलासी गर्दा ड्राइभरको ठिक माथि डोनटमा फल्स बटन बनाएर तस्करी गरी लैजाँदै गरेको अवस्थामा अमेरिकी डलर ३ लाख २० हजार ८५० र १३ लाख ७५ हजार १५० युरो भेटिएको प्रहरीले जनाएको छ । जुन नेपाली रुपैयाँ २५ करोड १९ लाख २४ हजार रुपैयाँ हुन आउँछ ।

प्रहरी ले अवैध तरीकाबाट भन्सार तथा राजस्व छलि अवैध विदेशी मुद्राको कारोवार गरेको हुदाँ उनलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाएको छ ।

सिन्धुपाल्चोक, भोटेकोशी गा. पा. वडा नं ०१ का ४३ बर्ष कुसाङ यसअघि पनि सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेका व्यक्ति रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । २०७३ साल पुस १३ गते राजच छली सुन चोरी पैठारी मुद्दामा ७ केजि सुनसहित पक्राउ परी ५ बर्ष कैद भुक्तान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्