नाडा प्रतिनिधि र भन्सार विभागका महानिर्देशकबीच अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल « Arthapath.com
७ चैत्र २०८१, बिहीबार

नाडा प्रतिनिधि र भन्सार विभागका महानिर्देशकबीच अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल



काठमाडाैं । नाडा अटोमोवाईल्स एशोसिएशन महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको छ।

उक्त भेटघाट तथा छलफलको क्रममा महासचिव उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धी सुझावहरू पेश गरेका छन्। भेटघाट तथा छलफलमा महासचिव उप्रेतीले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई सुझाव दिँदै आएको उबताए ।

यस्तै उक्त अवसरमा भन्सार वभिागका महानिर्देशक भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताए।

छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्