मुलुकको वैदेशिक व्यापारमा सुधार, आयात र निर्यात दुवै बढ्याे « Arthapath.com
७ चैत्र २०८१, बिहीबार

मुलुकको वैदेशिक व्यापारमा सुधार, आयात र निर्यात दुवै बढ्याे



काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा मुलुकको वैदेशिक व्यापारमा सुधार देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि फागुन मसान्तसम्मा १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार रुपैयाँ बराबरको कुल बैदेशिक व्यापार भएको छ ।

विभागका अनुसार यस अवधिमा आयात ११.२० प्रतिशत र निर्यात ५७.२० प्रशितले बढेको छ । फगुन मसान्तसम्मा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ वरावरको वस्तु तथा सेवा निर्यात भएको छ ।

विभागको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार बढेको छ। अघिल्लो आव २०८०/८१ मा नेपालले रु १० खर्ब ३० अर्ब २२ करोड २६ लाख बराबरको आयात र रु एक खर्ब ६१ करोड ७४ लाख बराबरको निर्यात गर्दा कूल वैदेशिक व्यापार रु ११ खर्ब ३० अर्ब ८४ करोड बराबरकाे भएकाे थियो।

गत आर्थिक वर्षकाे तुलनामा मुलुककाे व्यापारघाटा ६.२२ प्रतिशतले बढेकाे छ । गत वर्ष ९ खर्ब २९ अर्ब ६० कराेड ५२ लाख रूपैयाँ व्यापार घाटा रहेकाेमा चालु आर्थिक वर्षकाे यस अवधिमा ९ खर्ब ८७ अर्ब ३९ कराेड ३८ लाख रूपैयाँ बराबरकाे व्यापार घाटा व्यहाेरेकाे छ ।

याे अवधिमा नेपालकाे कुल वैदेशिक व्यापारमा ८.९० प्रतिशत हिस्सा आयातकाे रहेकाे छ भने १२.१३ प्रतिशत हिस्सा निर्यातकाे रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्