राजावादीहरुको हिंसात्मक प्रर्दशनका दोषिमाथि सरकारले कारवाही गर्छ : मन्त्री गुरुङ « Arthapath.com
१७ चैत्र २०८१, आईतवार

राजावादीहरुको हिंसात्मक प्रर्दशनका दोषिमाथि सरकारले कारवाही गर्छ : मन्त्री गुरुङ



काठमाडौं। सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चैत १५ गते काठमाडौमा कथित राजावादीहरुले गरेको हिंसात्मक प्रर्दशनको सत्यतथ्य छानबिन गरि दोषिमाथि कानुन बमोजिम कारवाही गरिने बताए ।

मन्त्रालयमा आज प्रेस चौतारी नेपालले घटनाको ध्यानार्कषण गराउदै ज्ञापन पत्र बुझाएपछि मन्त्री गुरुङले हिंसात्मक प्रर्दशन गर्नेहरुको छानविन समिति बनाएर सरकारले कानुनी दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राजकीय सत्ता जनतामा सुम्पीन्छु भनेर राजनीतिक पार्टी सँग गरेको प्रतिबद्धता राजाले भुलेको र आन्दोलनको नाममा हिंसात्मक बाटो अपनाउनु गलत रहेको औल्याए ।

“राजा ज्ञानेन्द्रले शाहले नेपालका पार्टीसँग गरेको सहमति जोडेका छन्,” उनले भने,“चैत १७ काठमाडौंमा भएको हिंसात्मक प्रर्दशनीको जिम्मेवारी राजावदीले दिनुपर्छ । र यो घटनाको छानविनका दायरामा राजा ज्ञानेन्द्र पनि पर्ने छन् ।” हत्या, हिंसा र लुटपाटमाथि दोषि देखिएका सबै माथि कानुनी कारवाही हुन्छ ।”

त्यस्तै, एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई ताकि ताकि मारिएको दृश्य देखिएको र यसमा आन्दोलनकारीहरुकै मुख्य हात रहेको मन्त्री गुरुङले बताए । सञ्चार गृहहरुमाथि आन्दोलनकारीहरुको आक्रमण निन्दनीय रहेको उल्लेख गर्दै मन्त्री गुरुङले सञ्चार गृहको क्षति मुल्यांकन गरि सहयोग प्रदान गरिने बताए । त्यस्तै, सरकारले आन्दोलनका क्रममा घाइते भएका सबैलाई उपचार गर्ने समेत जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्