तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ

काठमाडौं । गत शुक्रबार तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा अराजक गतिविधिमा सलग्न भएको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं निकट रहेको प्रहरीले जनाएको छ ।
यसअघि प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्नेहरु मध्ये राज्यविरूद्धको कसूर र संगठित अपराध सम्बन्धी कसुरअन्तर्गत ११ जना र अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गत ४१ जना प्रतिवादीहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।