यस्ताे छ आजको तरकारी तथा फलफूलकाे बजारभाउ « Arthapath.com
२२ चैत्र २०८१, शुक्रबार

यस्ताे छ आजको तरकारी तथा फलफूलकाे बजारभाउ



काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज शुक्रबारका लागी कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।

शुक्रबार कागतीको थोक मूल्य बढेको छ । बिहिबार कागती प्रतिकेजी २८५ रुपैयाँ रहेको थियो, भने आज ५ रुपैयाँले बढेर थोक मल्य २९० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै आज लोकल काक्रो ७५रुपैयाँ, भुई कटहर १९०, अनार ३२६,कालो अंगुर २४०,तरभुजा ६५र स्याउ फूजी ३२६ रुपैया थोक मूल्य रहेके छ ।

रातो आलु ३२.६७, भारतीय सुकेको प्याज ४६.६७, लोकल बन्दा १२.३३, भिण्डी १२५, रातो बन्दा ४५ र ब्रोकाउली १६६रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै कन्य च्याउ १९०, डल्ले च्याउ २६०, राजा च्याउ २९० र सिताके च्याउको थोक मूल्य ७५० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्