एनआइसि एसिया बैंकले ग्राहकहरुलाई आफ्नो खातामा प्यान नम्बर राख्न गर्याे अनुराेध

काठमाडौं । एनआइसि एसिया बैंकले अब ग्राहकहरुलाई आफ्नो खातामा प्यान नम्बर राख्न अनुरोध गरेको छ ।
उक्त बैंकका ग्राहकले खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग एप एनआइसि एसिया मोबाइल बैंकिङमा रहेको प्यान अपडेट गर्न आफुलाइ नजिक पर्ने बैंकमा गइ आफ्नो खातामा प्यान नम्बर राख्न बैंकले जानकारी दिएको छ ।
यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । ग्राहक महानुभावले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले सम्पूर्ण ग्राहक महानुभावहरुमा जानकारी गराएकाे छ ।
साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन अनुरोध छ ।