नेपाल र भारबीच कृषि उत्पादकत्व बढाउने बारे समझदारी « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

नेपाल र भारबीच कृषि उत्पादकत्व बढाउने बारे समझदारी



काठमाडौँ । नेपाल र भारतबीच कृषि क्षेत्रमा सहयोग आदानप्रदान गर्ने बारे एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

भारतका ग्रामीण विकास तथा कृषि एवम् किसान कल्याण मन्त्री शिवराज सिंह चौहानसँगको दुईपक्षीय भेटका दौरान कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यस्तो समझदारीमा हस्ताक्षर गरेका हुन् ।

‘यस सम्झौताले विशेष गरी बाली उत्पादकत्वमा सुधार, पोष्ट–हार्भेष्टको व्यवस्थापन र बजारीकरणका साथै जलवायु उत्थानशीलता एवम् दिगो कृषिजस्ता क्षेत्रहरूमा हाल जारी रहेको सहयोगलाई नयाँ प्रेरणा दिनेछ’ भारतीय दूताबासले लेखेको छ ।

दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा रहेको द्विपक्षीय सहयोगको समीक्षा गर्नुका साथै पारस्परिक लाभका लागि सहकार्यलाई थप बढावा दिने तरिकाहरूबारे छलफल गरेको भारतीय दूतावासले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएको छ ।

बिम्सटेक कृषि मन्त्रीहरुको तेस्रो बैठकमा भाग लिन काठमाडौँ आएका भारतीय मन्त्री चौहानले नेपाली समकक्षीसँग दुईपक्षीय भेट गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्