एसईई दिएर बसेका विद्यार्थीहरूलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिसले

काठमाडाैं । एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले २४ प्रतिशत छुट दिने भएको छ ।
एसईई दिएका विद्यार्थीले आफ्नो खाली समय सीप सिक्न सदुपयोग गरून भन्ने उद्देश्यले ब्रोडवेले आफ्ना आईटीका ट्रेनिङ कोर्षमा २४ प्रतिशत छुट दिने भएको हो ।
अबको समय आईटी भएको र खाली समयको उपयोग गरेर विद्यार्थीले ब्रोडवेमा आईटीका सीपहरू सिकेर आफुलाई भविष्यका लागि तयार पार्न सक्ने ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
यो अफर आगामी वैशाख १५ गतेसम्म लागु हुने भएकाे छ । एआई, साइबर सेक्युरिटी, प्रोग्रामिङ, डिजिटल मार्केटिङ लगायतका कोर्षमा एसईई दिएका विद्यार्थीहरूले छुट पाउने भएका छन् ।