आन्दोलित यातायात व्यवसायी र सरकारबिच छलफल हुँदै « Arthapath.com
२७ असार २०८२, शुक्रबार

आन्दोलित यातायात व्यवसायी र सरकारबिच छलफल हुँदै



काठमाडौं । आईतबारदेखी सुरु भएको आन्दोलित यातायात व्यवसायी र सरकारबिच आज गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको बैठकमा आज सरकार र व्यवसायीबिच यातायात सञ्चालनमा ल्याउने बारेमा छलफल हुने भएको छ ।

”व्यवसायीले गण्डकी प्रदेश सरकारले राइड सेयरिङ” को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका् सवारी साधनलाई भाडाको सवारी साधनझै प्रयोग गर्ने दिने गरी ल्याइएको नियमलाई खारेजको माग गर्दे सोमबारदेखी यातायात सञ्चालनमा नल्याउन घोषणा गरेका हुन् ।

सोमबारदेखी देशैभर यातायात बन्द घोषणाले यात्रुहरु सडकमै अलमलमा परेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आईतबार एक सुचना जारी गर्दे सोमबारदेखी देशैभर सार्वजनिक यातायात ग्यारेजमै थन्काउने घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्