नेपाल इन्भेष्टमेण्ट बैंकले नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलाई बैंकिंग सेवामा छुट दिने « Arthapath.com
२८ असार २०८२, शनिबार

नेपाल इन्भेष्टमेण्ट बैंकले नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलाई बैंकिंग सेवामा छुट दिने



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) बिच व्यावसायिक सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसन एनइए बिच विस्तारित बैंकिंग सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसन तर्फ अध्यक्ष ई.सुभाष चन्द्र बरालबाट हस्ताक्षर भइ सो व्यावसायिक सेवा आरम्भ गरिएको छ ।

यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत प्रोफेशनल बचत खाता खोलि १० लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, र डेबिट-क्रेडिट कार्ड, मोबाइल बैकिङ्गमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिएका छन ।

यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका (एनइए) सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस्