भैरवा भन्सारको सर्वर डाउन हुँदा भारतद्धारा नेपाल आयात गरिने मालवाहक साधन पासमा समस्या « Arthapath.com
२७ असार २०८२, शुक्रबार

भैरवा भन्सारको सर्वर डाउन हुँदा भारतद्धारा नेपाल आयात गरिने मालवाहक साधन पासमा समस्या



काठमाडौं । भैरवा भन्सारको सर्वर डाउन भएको छ । भन्सारको सर्वर डाउनमा समस्या देखिएपछी सो कार्यलय तिनदेखी बन्द गरिएको छ ।

भन्सारको सर्वर डाउन हुँदा भारतबाट नेपालमा आयात गरिने भारतीय मालवाहक सवारीहरु पास गराउन नसकिएको भन्सार कार्यालयका सुचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिएका छन् ।

सुचना अधिकारीका प्रबक्ता चौधरीका अनुसार भन्सारले प्रयोग गर्ने आसिकुडा वल्ड्र सफ्टवेयर समय समयमा डाउन हुने भएकाले भारतीय माल बस्तुहरुमा जाच पास गर्ने अफ्ठ्यारो भएके बताएका छन् ।

उक्त भन्सार कार्यालयको सर्वर तिनदिन देखी बन्द हुँदा भारतबाट आयात भएका मालवाहक ट्रकहरु नेपाल प्रवेश गराउन समस्या भएकाले सुनौली नाकामा मालवाहक ट्रकहरु जाम भएका छन् । प्रवक्ता चौधरीका अनुसार बजेट मार्फत भन्सारको दर हेरफेर भएसंगै भन्सार जाँचमा ढिलाई भएको बताएका छन् ।

उनले भैरवा भन्सार मात्र नभई देशैभरका भन्सार कार्यलयहरुमा नयाँ भन्सार दर कायम भएपछि मालहरुको चेकजाचँमा थौरै समस्या भएको जानकारी दिएका छन् ।

भैरवा भन्सार बाट दिनहुँ दिन ३०० भन्दा बढि मालवाहक ट्रक पास हुन्थ्यो तर कार्यलयको सर्भर डाउन भएकाले १०० वटा ट्रक नेपालमा प्रवेश गराउन नसकिएको बताएका छन् । विभागका प्रबक्ताका अनुसार प्राविधिक टिमले तत्काल मर्मत कार्यमा खटिएको बताए ।

नेपाल सरकारले नयाँ नीतिका अनुसार व्यापार प्रवद्धनका लागि लेटर अफ क्रेडिट एलसि हटाए पछि भन्सारले साना तथा ठूला व्यापारीहरु उत्साहा भएर भारतबाट ठूलो परिणाममा सामानहरु आयात गर्न थालेपछि भन्सारमा ट्रकको जाम देखिएको हो ।

जेठ १५गते अर्थमन्त्रीद्धारा प्रस्तुत भएको आगामी आर्थिक बर्षको बजेटले गर्दा सरकारले आयात निर्यात गर्ने उद्योगी व्यावसायीले एक्जिम कोड लिदा राख्नुपर्ने ३ लाख बैंकिङ ग्यारेन्टीको व्यवस्था खारेज गरेको छ ।

अस्थायी पैठारी भएका सवारी तथा ढुवानी साधन र उपकरणमा भन्सार विन्दु महसुल संकलन गरेपश्चात् नेपालमा यात्रा गर्दा संघ, प्रदेश वा स्थानीय तहबाट प्रवेश शुल्क, रुट दस्तुरवा अन्य कुनै असुल महसुल गर्ने नपाइने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्