सत्तापक्ष र प्रतिपक्ष बिच सहमति नहुँदा सांसद बैठक आईतबार दिउसो १ बजे सारियो

काठमाडौं । सत्तापक्ष र प्रतिपक्ष बिच भिजिट भिसा प्रकरणमा समेटिएका गृहमन्त्री रमेश लेखको राजीनामा बारे कुरा नमिले पछि प्रतिनिधिसभाको सांसद बैठक आईतबार दिउसो १ बजे सम्मका लागि सुचना टाँसि स्थगित गरिएको छ ।
शुक्रबार दिउसो ३ बजे बसेको सांसद बैठकमा कुनै पनि निष्कर्ष नआएपछि उक्त बैठकलाई आईतबार दिउसो १ सम्मका लागि स्थगित गरिएको सभामुख देबराज घिमिरेका प्रेस संयोजकले जानकारी दिएका छन ।
भिजिट भिसा प्रकरणकै कारण अबरोध भएको बैठक जेठ १३ गते र २२ गते सुरु भई कार्यसुचिमा प्रबेश नभई स्थगित भएको थियो । त्यस्तै जेठ १४, २०, २१ र आज २३ गते सम्म सुचना टाँसेरै बैठकलाई सारिएको छ ।